नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले गोली हान्ने प्रहरीलाई बर्खास्त गर्न माँग गरेका छन । मृतक परिवारको उचित क्षतिपुर्ती सहित वालबच्चाहरुलाई निशुल्क शिक्षादिक्षा उपलब्ध सहमहामन्त्री यादवले माग गरेका छन ।
उनले कसैको तानाशायी प्रवृति नेपाली काँग्रेसलाई सैय नहुने समेत बताएका छन । देशको परिवर्तनका लागि,जनताको सुरक्षाका लागि बिधिको शासन कायम गराउनका लागि जस्तो सुकै तानाशायको विरुद्धमा लडाई गर्न काँग्रेस तयार रहेको उनले बताए ।
सोही कार्यक्रममा नेपाली काँग्रेसका अर्का सहमहामन्त्री एवम् पुर्वमन्त्री उमाकान्त चौधरीले लक्ष्मी मुखया बिनको घटना नियोजित रुपमा घटाइएको बताएका छन ।
प्रहरीको गोली लागी मृत्यु भएको सिम्रौनगढ नगरपालिका वडा नम्बर १ नामसागरा ढाट निवासी स्व लक्ष्मी मुखया बिनको १३ औँ पुन्य तिथीका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री चौधरीले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै सहमहामन्त्री चौधरीले शक्ति र पावरकै भरमा निहथा जनताको ज्यान लिने कार्य भएको भन्दै यो नियोजित घटना भएको बताए ।
सिम्रौनगढ घटनाको मुख्य दोषी स्थानीय घरभएका मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादव र सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख किशोरी प्रसाद कलवार हुन सक्ने सहमहामन्त्री चौधरीले अंशाका गरेका छन । सुतेको काँग्रेसलाई जिस्काउने काम नगर्न आग्रह गर्दै काँग्रेस ब्यँुझियो भने ठुला तानाशाहहरुको होस हवास गुम्छ सहमहामन्त्री चौधरीको भनाई छ ।
नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बिजयशंकर यादवको अध्यक्षतामा सम्पन्न भएको सो श्रादञ्जली कार्यक्रममा नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादव,सहमहामन्त्री जयनारायण यादव, सदस्य उपेन्द्र जयसवाल,महासमिति सदस्य रामनरेशकान्त कुसवाहा,नेपाली काँग्रेसका जिल्ला सहसचिव प्रमोद यादव लगायतकाले स्व लक्ष्मी बिनको मृत्युले नेपाली काँग्रैस पार्टीलाई अपुरणीय क्षेती भएको भन्दै मृतक आत्माको चिरशान्ति गर्दै शोकाकुल परिवारजनमा धार्यधारणका लागि शक्ति प्रदान होस कमना समेत गरेका थिए ।

