प्रचण्ड नेतृत्वको वर्तमान सरकारको एक वर्ष अहिलेसम्म कै उत्कृष्ट र सफल भएको दावी एक साँसदले गरेका छन् ।
आउँदो समय थप गतिवान हुनु पर्ने भन्दै सांसद माधव सापकोटाले यस्तो दावी गरेका हुन् । संघीय राजधानी काठमाण्डौंको संवाद डबलीमा बोल्दै नयाँ भनिएका धरातल विनका दलहरुको स्टन्ट र हल्ला धेरै समय नटिक्ने सापकोटाले बताए । नेकपा (माओवादी केन्द्र)का युवा नेतासमेत रहेका सापकोटाले मुद्रा सञ्चिति र व्यापार घाटा घटदै जानु शुभ संकेत भएको बताए ।
वैदेशिक सम्बन्ध बलियो बन्नु, वर्तमान सरकारको सफलताको आधार भएको उनले धारणा राखे ।
परिवर्तन विरोधी शक्तिहरुले हल्ला फैलाए जस्तै वर्तमान सरकार असफल र कमजोर नभएको उनले बताए । राष्ट्र बैंकले सार्बजनिक गरेको तथ्यांकलाई आधार मान्ने हो भने मुद्रा सञ्चिति ह्वात्तै बढेको जनाए ।
व्यापार घाटा क्रमस सुधार हुँदै गएको उनले दावी गरे । भारतसँग ऐतिहासिक विद्युत व्यापार सम्झौता लगायतले प्रष्ट हुन्छ कि प्रचण्ड सरकार अहिलेसम्मको उत्कृष्ट हो उनले भने । नेपाल आयल निगम र नेपाल एयरलाइन्सले व्यापर घाटालाई कम गर्दै लगेको उनले जनाए ।
विद्युत प्राधिकरण नाफामा जानुका साथै सरकार अधिनस्थ संस्थानहरुले ज्यादा राजश्व संकलन गर्नुले यो एक वर्ष सफल रहेको उनको भनाई थियो ।
सुशासनको कुरा गर्ने वर्तमान सरकार, शरणार्थी, ललिता निवास र सुन प्रकरणमा मुछिएका व्यक्तिहरु छुट्ने कुरा के हो, भन्ने प्रश्नमा उनले उत्तर समेत दिए ।
सरकार पुरै सत्ता हो,भन्ने भ्रम त्याग्नु पर्छ,न्यायालयले कानुनी रित पु¥याएर तारिखमा छाड्ने वित्तिकै सकियो भन्ने होइन उनले भने । त्यसमा सरकार दोषी छ भन्ने पनि होइन उनले भने । समातिएका जति सबैलाई जेलै कोच्नु पर्छ,भन्ने मानसिकता पनि सत्य होइन नि उनले भने ।
सुशासनको कुरा भनेको मानिसलाई पक्रेर थुन्ने मात्रै नभएर समय अनुसार प्रशासनिक निकायलाई चुस्त र दुरुस्त राख्नु पनि भएको उनको भनाई थियो । हरेक ठाउँमा राजनीतिक भगबन्डाको परम्परालाई तोडेर प्रतिस्पर्धाबाट लग्ने पनि हो जुन यो सरकारले सुरु गरेको छ उनले भने ।
एनसेल प्रकरणका सरकारकै मान्छेको मिलेमतो छ,भन्ने आरोपमा उनले प्रधानमन्त्रीले राज्य व्यवस्था समितिमा बोलिसकेपछि प्रष्ट हुन्छ कि,यो सरकारलाई असफल बनाउने षड्यन्त्र बाहेक केही होइन ।
नयाँले मुख्य दलहरुलाई किनारा लगाउने अवस्था सिर्जन हुँदै छ नि,भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने,‘बोल्नेको पिठो विक्छ नबोल्नेको चामल भनेजस्तै हो,त्यसमा आत्तिने कुरै छनै सधै स्टन्ट र हल्लाले अस्तित्व कहाँ टिक्छ र ? उनले प्रश्न गरे ।

