सवारी दुर्घटनामा एक जनाको मृत्यु त्रिचालीस जना घाइते

साझेदारी दैनिक
514 पाठक संख्या

कलैया : बाराको निजगढ नगरपालिकामा गए राति भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ।

सो दुर्घटनामा परी ४२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा दाङ जिल्लाको देउखुरी गटवा गाउँपालिका ५ बस्ने ४५ वर्षीय चेतनराय यादब रहेका छन् । उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बाराको निजगढ नगरपालिका ०८ पूर्व पश्चिम राजमार्ग स्थित उनासि पुलमा सो दुर्घटना भएको होे । काकडभित्ता देखि दाङ तर्फ जादै गरेको ना ८ ख ११६४ नं.को बसको अगाडीको पट्टा भाचिन गई अनियन्त्रित भई पुल देखि ०८ मिटर तल खस्दा सो दुर्घटना भएको हो ।

बसमा सवार मानिसहरु घाईते भई उपचारको लागि सामुदायिक प्रसुती गृह अस्पताल निजगढ बारामा ३३ जनाको उपचार भइरहेको छ। जस मध्ये छ जना गम्भीर,१२ जना मध्यम र १५ जनाको अवस्था सामान्य रहेको छ।

यस्तै सि.टी अस्पताल निजगढ बारा ९ जना मध्ये २ जना गम्भीर,२ जना मध्यम र ५ जनाको अवस्था सामान्य रहेको छ। बस घटना स्थलमा रहेको जनाइएको छ। सामुदायिक प्रसुती गृह अस्पताल निजगढ बारामा उपचार भईरहेको छ।

घाइते हुनेमा बस चालक सल्यान जिल्लाका सारदा नगरपालिका वडा नम्बर ३ बस्ने अं. बर्ष ४० को भोला ब. भण्डारीको उपचार भइरहेको हो ।

शरीर र टाउकोमा चोट लागेको उनको अवस्था गम्भीर रहेको छ। बसका सहचालक दाङ तुल्सिपुर न.पा. ०५ बस्ने अं. बर्ष३५ को कृष्ण ब. बुढाथोकीको शरीरको बिभिन्न भागमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ।

प्युठान जिल्लाको सरुमाइरानी गाउँपालिका ३ बस्ने अं. बर्ष ४६ को ईमा राम सुनारको बाँया हात र शरीरमा चोट लागेको छ। एनको अबस्था गम्भीर रहेको छ। सोही ठाउँका बर्ष ४२ को सिताराम सुनारको मुख र टाउको चोट लागेको छ। उनको अवस्था सामान्य रहेको छ।

सुर्खेत जिल्लाका भेरी गंगा नगरपालिका ११ बस्ने अं.बर्ष २५ को सोनु बि.क. को शरीरमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ। उनलाई वयोधा अस्पताल वीरगंज पर्सामा रिफर गरिएको छ। सल्यान जिल्लाका बागचौर न.पा.०४ बस्ने अं. बर्ष २६ को तुलसा के.सी. को दाहिने हात र छातीमा चोट लागेको उनको अवस्था मध्यम रहेको छ।

सुर्खेत जिल्लाको सिंगठन नगरपालिका २ बस्ने बर्ष २२ को कर्ण ब. खड्काको टाउको,दाहिने हात र खुट्टामा चोट लागेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

अर्घाखाची जिल्ला सितगंगा न.पा.०७ बस्ने अं. बर्ष २६ को बुठा ब. राउतको वाँया हात र खुट्टामा चोट लागेको र उनको अवस्था मध्यम रहेको छ। सोही ठाउँका २७ वर्षीय रोम ब. राउतको दाहिने कानमा चोट अवस्था सामान्य रहेको र उनलाई वयोधा अस्पताल वीरगंज पर्सामा रिफर गरिएको छ।

प्युठान जिल्लाका बांगेशाल न.पा.१ बस्ने अं. बर्ष ४७ को भुपेन दमाईको अवस्था सामान्य रहेको छ। प्युठानकै सरुमाईरानी गा.पा.१ बस्ने अं. बर्ष १८ को गणेश बादीको टाउकोमा चोट लागेको र उनको अवस्था मध्यम रहेको छ। सोही ठाउँका ३५ वर्षीय बल बहादुर दमाईको टाउकोमा चोट लागेको उनको अवस्था गम्भीर रहेको र उनलाई वयोधा अस्पताल वीरगंज पर्सामा रिफर गरिएको छ।

दाङको राप्ति गा.पा.०५ बस्ने अं. बर्ष २१ को सपना भट्टराईको टाउको, दाहिने खुट्टामा चोट लागेको र उनको अवस्था सामान्य रहेको छ। रुकुम पश्चिम मुसिकोट न.पा. १४ बस्ने अं. बर्ष २० को सन्तोष बिष्टको ढाड,दाहिने हातमा चोट लागेको अवस्था मध्यम रहेको छ। प्युठान सरुमईरानी गा.पा. ०३ बस्ने अं. बर्ष २२ को शंखर बि.क.को बाँया हात र छातीमा चोट लागेको उनको अवस्था अवस्था मध्यम रहेको छ।

सल्यान कालिमाटी गा.पा.०२ बस्ने अं. बर्ष २५ को दल ब. बुढाको दाहिने हातमा चोट लागेको र उनको अवस्था सामान्य रहेको छ। अर्घाखाची जिल्ला सितगंगा न.पा.०९ बस्ने अं. बर्ष ४३ को देब ब. थापाको भित्रि शरीरमा चोट लागेको र उनको अवस्था सामान्य रहेको छ।

दाङ घोराही न.पा. १० बस्ने अं. बर्ष ४० की लक्ष्मी अधिकारीको दाहिने हातमा चोट लागेको र उनको अवस्था सामान्य रहेको छ। सल्यान कपुरकोट गा.पा. ०६ बस्ने अं. बर्ष ५५ की टिकी पुन मगरको चिउडो र दाहिने हातमा चोट लागेको उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

कालिमाटी गा.पा. ०३ बस्ने अं. बर्ष १९ को प्रकाश सिंजालिको ढाड र बाँया हातमा चोट लागेको र उनको अवस्था सामान्य रहेको छ। प्युठान सरुमाईरानी गा.पा. ०१ बस्ने अं. बर्ष २६ को बेद प्रसाद बि.क. को कम्मर,दाहिने खुट्टा र हातमा चोट लागेको र उनको अवस्था सामान्य रहेको छ।

सल्यान सारदा गा.पा.०५ बस्ने अं. बर्ष ५५ को बल ब. मगरको टाउको र बाँया हातमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको छ। सल्यान कालिमाटी गा.पा. ०२ बस्ने अं. बर्ष ६५ को दल ब. बि. को को टाउको र दुबै खुट्टामा चोट लागेको र उनको अवस्था मध्यम रहेको छ।

दाङ मटिअर्वा गा.पा. ०५ बस्ने अं. बर्ष ३५ को दयाराम यादबको टाउको र हातमा चोट लागेको उनको अवस्था गम्भीर रहेको र उनलाई बयोधा अस्पताल वीरगंज पर्सामा रिफर गरिएको छ । कपिलबस्तु शिवारा गा.पा. ०४ बस्ने अं. बर्ष ५५ को समित पैठाको शरीरमा चोट लागेको उनको अवस्था सामान्य रहेको छ।

प्युठान सरुमाई रानी गा.पा.१ बस्ने अ. बर्ष ५५ को चन्द्र धामिको शरीरमा चोट लागेको र उनको अवस्था सामान्य रहेको छ। जि. सिराहा बरियार गा.पा. ०५ बस्ने अं. बर्ष ५५ को बलिराम यादबको शरीरको भित्रि भागमा चोट लागेको अवस्था मध्यम रहेको छ।

सुनसरी ईनर्वा गा.पा. ०३ बस्ने अं. बर्ष ३५ की संगिता मगरको दाहिने हात भाचिएको एवम् अवस्था मध्यम रहेको छ। दाङ गदर्वा गा.पा. ०३ बस्ने अं. बर्ष ५५ की बिरुन यादबको शरीरमा चोट लागेको उनको अवस्था सामान्य रहेको छ। तुल्सिपुर उ.म.न.पा. १८ बस्ने अं. बर्ष ३० की हिरा ब. सुनारको बाँया खुट्टा र छातीमा चोट लागेको उनको अवस्था मध्यम रहेको छ।

प्युठान सरुमाईरानी गा.पा. ०३ बस्ने अं. बर्ष ४५ को तुल्सिराम साठिधारीको टाउकोमा चोट लागेको छ उनको अवस्था मध्यम रहेको छ। दाङ राजपुर गा.पा. बस्ने अं. बर्ष २१ को चितराम यादबको टाउकोमा चोट लागेको तथा उनको अवस्था गम्भीर रहेको छ,उनलाई वीरगंज पर्सामा रिफर गरिएको छ। सोही ठाउँका ६० वर्षीय मिथुजा पैठानको शरीरको बिभिन्न भागमा चोट अवस्था सामान्य रहेको छ।

प्युठान हंसपुर न.पा. ०३ बस्ने अं. बर्ष ५९ को गंगाराम बि.क.को टाउको र शरीरमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको छ। उनलाई बयोधा अस्पताल वीरगंज पर्सामा रिफर गरिएको छ। धनकुटा चौबिसकोटी गा.पा. ०५ बस्ने अं. बर्ष ३५ की खेम कुमारी याखाको शरीरमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको छ।

प्युठान सरुमाईरानि न.पा. ०१ बस्ने अं. बर्ष ५४ को टिकाराम बि.क. को शरीरमा चोट लागेको तथा उनको अवस्था मध्यम रहेको छ। कपिलबस्तु शिबराज न.पा.०४ बस्ने अं. बर्ष ३३ को बब्लु अंसारीको दुबै हात र दुबै खुट्टामा चोट लागेको र उनको अवस्था मध्यम रहेको छ। सोही ठाउँको बर्ष ३९ को अक्बर मुसलवानको दाहिने कानमा चोट लागेको तथा उनको अवस्था सामान्य रहेको छ।

सल्यान दार्मा गां.पा. ०५ बस्ने अं. बर्ष २२ को जगत ब. खड्काको शरीरमा चोट लागेको उनको अवस्था सामान्य रहेको छ। सुर्खेत सिमता गा.पा. ०८ बस्ने अं. बर्ष २२ को खेमराज रानाको शरीरको बिभिन्न भागमा चोट लागेको तथा उनको अवस्था मध्यम रहेको छ।

भारत सिद्धानगर ईमिलिया बस्ने अं. बर्ष ५० को साहोल प्रसाद चौरसियाको शरीरमा चोट लागेको अवस्था सामान्य रहेको छ। भारत यु.पि. बस्ने कृष्णराम चौरसियाको छोरा अं. बर्ष १४ को हुल्सन कुमार चौरसियाको दाहिने हातमा चोट लागेको र उनको अवस्था सामान्य रहेको छ।

Leave a review

This will close in 0 seconds