शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

रञ्जन यादव
207 पाठक संख्या

जीतपुर : नेकपा माओवादी केन्द्र जीतपुरसिमरा उपमहानगरपालिका-५ कमिटीले दशै,तिहार र छठ पर्बको अवसरमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

जनतासँग माओवादी अभियानको सहयोगमा कार्यक्रम भएको स्थानीय नेता मोहित चौधरीले जानकारी दिए । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार उद्धब कुमार पोख्रेल चित्रको प्रमुख हो ।

कार्यक्रममा नेता तथा कार्यकर्ताहरु दशै,तिहार र छठ पर्बको शुभकामना अदान प्रदान गरी माओवादीले गरेका कार्य,माओवादीको मार्गदर्शन,उपलब्धि र भाबी योजनाको बिषयमा चर्चापरिर्चा गरेका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका नेता लाल किरण (हरि चौलागाई),जीतपुरसिमरा नगर कमिटी अध्यक्ष प्रेम बराल,कलैया उपमहानगर कमिटी अध्यक्ष मुकेश साह,कोल्हबी नगर कमिटी अध्यक्ष लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन मोहित चौधरीले गरेका थिए ।

Leave a review