कृषकहरुलाई हरित उद्यमशील ब्यवसायिक योजना निर्माण तालिम

रञ्जन यादव
312 पाठक संख्या

राष्ट्रिय कृषक समुह महासंघ नेपालले बाराका कृषकहरुलाई हरित उद्यमशील ब्यवसायिक योजना निर्माण तालिम प्रदान गरिरहेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१४ र १९ मा र कलैया उपमहानगरपालिका वडा नं.२४ मा तालिम प्रदान गर्नमा सहजिकरण गरिरहेका एक्टीभ परियोजनाका मधेश प्रदेश प्रमुख अंकिता नेपालले जानकारी दिनुभयो । तालिम १३ गते देखि १५ गते सम्म चल्ने जनाईएको छ ।

तालिममा सहभागी कृषक समुह,आमा समहु र युवा क्लबका सदस्यहरुलाई गड्यौला मल उत्पादन,नरसरी उत्पादन र बेसार उत्पादन तालिम प्रदान गरिने परियोजनाको मधेश प्रदेश प्रमुख नेपालले जानकारी दिईन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ जोर्लाहीमा भईरहेको तालिममा करिब ३० जनाको सहभागिता रहेको छ ।

तालिममा जीतपुरसिमरा उपमहानगरपालिकाको कृषि शाखाकी राधिका भारतीले तालिम दिईरहेका छन ।

Leave a review