लकडाउन कारण वेरोजगार युवाहरु बल्छिले माछा मार्न व्यस्थ

साझेदारी दैनिक
544 पाठक संख्या

रबिन्द्र प्रसाद साह/
विश्वभर र नेपालमा पनि कोरोना भाईरसको महामारीको चपेटामा परेसंगै नेपालमा पनि लामो समय लकडाउन भयो । जिल्लामा लकडाउन फेरी लागेसंगै अधिकांश युवाहरु यतिखेर वेरोजगार बनेका छन ।

वेरोजगार बनेका युवाहरु यतिखेर गाउँघरमा काम नभएर भौतारी रहेका छन । वेरोजगार बनेका युवाहरु यतीखेर गाउघरका खेत, पैनि, पुल, नदि ईत्यादिमा बल्छिले माछा मार्न व्यस्थ छन ।

कलैया उपमहानगरपालिका वडा नं. ८ पर्सा टोलका धेरै युवाहरु पनि यतिखेर बल्छिले माछा मार्न थालेका छन । विगत चैत ११ गतेदेखि नै लागेको लकडाउनबाट विभिन्न पेशामा रहि आफ्नो जीविकोपार्जन गरिरहेका युवाहरु आज भोली यस्ता काम गरेर पनि काम चलाइरहेका छन ।

लकडाउनले गर्दा भएको काम अभावका कारण युवाहरु कुनै पनि विकल्प नहेरे पछि अन्तिम विकल्पको रुपमा यस माछा मार्ने कार्यमा व्यस्त भएका एक जना स्थानिय युवाले बताएका छन।

विभिन्न पेसामा रहेको युवाहरु काम नचल्दा बेरोजगार बनेका हुन । माछा मार्ने कामबाट केहि नभए पनि दैनिकीको तरकारीको व्यवस्थापन गर्न सकिने एक युवाले बताए ।खासगरी विपन्न वर्ग तथा दैनिक ज्यालादारी गरी खानेहरु युवाहरु नै माछा पार्ने कार्यमा व्यस्थ भएका छन ।

Leave a review

This will close in 0 seconds