अवैध चाँदी सहित कलैया र वीरगञ्जका तीन जना काठमाण्डौंमा पक्राउ

राम मण्डल
राम मण्डल 121 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

पर्साको सदरमुकाम वीरगञ्ज र बाराको सदमुकाम कलैयाका तीनजना काठमाण्डौंमा पक्राउ परेका छन् ।

उनीहरु अवैध चाँदी सहित पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा बाराको कलैया उपमहानगर – १० निवासी कामेश्वर शाह,बाराकै विश्रामपुर गाउँपालिकाका मनिष सर्राफ र पर्साको बीरगञ्ज ३ निवासी सुमनकुमार सर्राफ रहेका छन ।

उनीहरुलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनीहरुको साथबाट भन्सार छलीका ४७ किलो चाँदीस हित पक्राउ गरेको हो ।

राजस्व छली गरी ल्याइएको चाँदी भण्डारण गरिएको आधारमा तीनै जनालाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले साझेदारी दैनिकलाई जानकारी दिए ।

चाँदीसहित पक्राउ परेका तिनै जनामाथि राजस्व छली सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।

राम मण्डल

समाचार शेयर गर्नुहोस
Leave a review