Sajhedari Daily
Latest News from Nepal

बारागढीको पाँचौ गाउँसभामा सम्पन,३७ करोड ७३ लाख ५२ हजार ४ सय ३३ रुपैयाको बजेट प्रस्तुत

Top Aside Banner

बारागढी गाउँपालिकाले पाँचौ गाउँसभा खोपवामा शनिवार सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित उक्त गाउँसभाको गाउँपालिका अध्यक्ष देवदत बछार थारुले पानसमा दिपज्वलन गरेर उद््घाटन गर्नु भएको थियो । गाउँसभाले चालु आ.ब.२०७७/७८ को लागि ३७ करोड ७३ हजार ५२ हजार ४ सय ३३ रुपैया बरावरको बजेट विनियोजन सहितको निती तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

गाउँसभामा वडा नं ४ का वडा सदस्य ध्रबेन्द्र चौधरीले चालु आर्थिक बर्ष २०७७/०७८को लागि आर्थिक बर्षमा आयतर्फ संघिय सरकारबाट प्राप्त बितिय समानीकरण अनुदान अन्तर्गत रु १० करोड ३६ लाख,सशर्त अनुदान मध्ये शिक्षा कृषि पशु र स्वास्थ तर्फ गरि जम्मा रु ११ करोड ८० लाख,राजस्व बाडफांड तर्फबाट रु ६ करोड ६३ लाख ७० हजार ८ सय ८० रुपैया विनियोजन गरिएको छ ।

त्यसैगरी समपुरक अनुदान तर्फ रु ६४ लाख,प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये बितीय समानीकरणबाट ७१ लाख ६१ हजार, प्रदेश सशर्त अनुदान तर्फबाट रु ८० लाख, प्रदेश बिशेष अनुदान तर्फ ३० लाख र समपुरक अनुदान तर्फ २० लाख रुपैया विनियोजन गरिएको गाउँपालिका लेखा अधिकृत अजय चौधरीले बताए ।

त्यसैगरी अन्तरीक आम्दानी अनुमानीत रु २८ लाख २० हजार ५ सय ५३ तथा आ.ब.को बैक मौजदात ६ करोड गरी आ.ब. २०७७/०७८ मा जम्मा कुल बजेट ३७ करोड ७३ लाख ५२ हजार ४ सय ३३ रुपैयाको बजेट विनियोजन सहितको आय तर्फको कार्यक्रम प्रस्तुत गरिएको लेखा अधिकृत चौधरीले बताए ।

त्यसैगरी व्यय खर्च तर्फ चालु तथा प्रशासनीक खर्च तर्फ रु १० करोड ९१ लाख ९१ हजार ४ सय ३३ रुपैया विनियोजन गरिएको छ भने पुजिँगत तर्फ कार्यालय सञ्चालन तथा विकास निर्माण समेत गरी रु १३ करोड ७ लाख ६१ हजार र सशर्त तर्फ रु ११ करोड ८० लाख विनियोजन गरिएको हो । संघ र प्रदेशको समपुरक सर्शत र विशेष अनुदान तर्फको रु १ करोड ९४ लाख समेत गरी कुल खर्च तर्फ रु ३७ करोड ७३ लाख ५२ हजार ४ सय ३३ रुपैया विनियोजन गरिएको लेखा अधिकृत चौधरीले बताए ।

आ.ब.२०७७/०७८ मा गाउँपालिकाले निती तथा कार्यक्रम मार्फत कृषि, शिक्षा,स्वास्थ्य र रोगजारी मुख्य प्राथमिकताका साथ जोड दिईएको छ। यसैगरी गाउँपालिका क्षेत्रमा योजना तथा कार्यक्रम संचालनमा हिला,बालबालिका,आदिबासी,जनजातीहरु, आर्थिक तथा सामाजिक रुपमा पिछडिएका वर्ग तथा क्षेत्र जेष्ठ नागरिक,दलित,मधेशी, मुस्लिम तथा पिछडावर्ग, लैङ्गिक अल्पसंख्यक समुदाय तथा बर्गहरुको वृद्धि विकास र उत्थानका निम्ति बिशेष कार्यक्रम गर्न जोड दिईएको छ ।

सामाजिक, आर्थिक तथा भौतिक पुर्वाधार विकास तथा निर्माण, कोरोना भाईरस नियन्त्रण लगायत सबै प्रकारका स्वास्थ्य जोखिमबाट गाउँवासीलाई सुरक्षित राख्दै संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चालिएको कदमबाट गाउँको कृषि उधोग निर्माण लगायतका अर्थतन्त्रमा पर्न गएको असरहरुको पुन उत्थान गर्ने लक्ष निती तथा कार्यक्रममा उल्लेख छ ।

बारागाढी गाउँपालिका अध्यक्ष देवदत बछार थारुले कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा, स्वास्थ,कृषि, संस्कृति संरक्षण,भौतिक पूर्बधार र रोजगारीलाई बढी प्राथमिकमा राखेका छ्न । सबै वडाहरुमा नाला निर्माण सडक ढलान,कालोपत्र नयाँ सडक, कलभट,नदीमा झिल्ङ्गे पुल,निर्माणका हुने बताए । बेरोजगार यूवा यूतीलाई विभिन्न किसिमको सिपमुलक तालिम,बांसको हस्तकला,हाउस वाइरिङ्ग,लगाएत तालिम दिएर रोजगारी बनाउने कार्यक्रममा राखिएको बताए । त्यसैगरी १५ सैयाको अस्पताल संचालन र गाउँपालिकामा पर्यटन भित्र्याउनको लक्ष्य रहेको समेत अध्यक्ष बछार बताए ।

गाउँसभामा वडा नं. १ का वडाअध्यक्ष सुरेश प्रसाद चौधरी, वडा नं.२ का वडा अध्यक्ष कृष्ण प्रसाद चौधरी, वडा नं. ३ का छठु राउत अहिर, वडाअध्यक्षहरु रामकृपाल चौधरी,मेनेजर चौधरी,निरज कुमार साह,कार्यपालिका सदस्यहरू, गाउँपालिकामा कार्यरत बिभिन्न शाखाका कर्मचारी,संचारकर्मी जनप्रतिनिधि,लगायतको उपस्थिति रहेको थियो । सभाको संचालक लेखा अधिकृत अजय चौधरी, र स्वागत प्रमुख प्रशासकिय अधिकृत आमोद चौधरीले गरेको थियो ।