बाराको निषेधाज्ञामा कडाई, कलैया नगर सुनसान,ठाँउ ठाँउमा सैनिक गस्ति हुदै

साझेदारी दैनिक
साझेदारी दैनिक 415 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रबिन्द्र प्रसाद साह/
बारामा हिजो ६५ र आज ३८ जना गरी १०३ जनामा पुष्टि भएको कोरोना पोजेटिभका कारण बसेको जिल्ला कोभिड समन्वय समितिको निर्णय अनुसार भदौ १ गतेदेखि अनिश्चित कालिन कडाईका साथ निषेधाज्ञा जारी गर्ने गरेको निर्णय बमोजिम आज विहान देखि नै कलैया नगर, बजार क्षेत्र लगायतका सुनसान बनेका छन।

पर्सा जिल्ला जस्तै बारामा समेत संक्रमितको दर दिनानुदिन बढ्दै गैरहेको कारणले चिन्तित बनेका जिल्ला कोभिड समन्वय समितिले सो निर्णय गरेको थियो। जस अनुरुप अति आवश्यक बाहेक आफ्नो घरबाट बाहिर समेत ननिस्कने तथा अति आवश्यक खाद्यान्न सामग्रीहरुको पसल विहान ८ बजे सम्म मात्र खोल्न पाउने भनि तोकेकोमा सोहि अनुरुप कलैया नगर लगायतका अन्य पालिकाहरुमा पनि कडाइ गरिएको छ।

आज विहानैदेखि साइकल मोटरसाइकललाई पनि आवत जावतमा रोक लगाइएको छ। ठाँउ ठाँउमा प्रहरी उपरिक्षक कृष्ण प्रसाद पगेंनी र प्रहरी नायब उपरिक्षक गौतम मिश्र सहितको टोलिले निगरानी गरिरहेका छन । यसका साथै आवश्यक्ता अनुसार ठाँउ ठाँउमा सेनाको गस्ती पनि भैरहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो

समाचार शेयर गर्नुहोस
Leave a review