आधारभूत स्वास्थ्य चौँकीमा पर्खाल निर्माण कार्यको शिलान्यास

रञ्जन यादव
256 पाठक संख्या

बारा : जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ मा आधारभूत स्वास्थ्य चौँकीको पर्खाल निर्माण कार्यको शिलान्यास भएको छ।

बारा क्षेत्र नं.४(क) का मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले पर्खाल निर्माण कार्यको शिलान्यास गरेका हुन्। २५ लाख रुपैयाँको लागतमा उपभोक्ता समितिबाट पर्खाल निर्माण हुन लागेको मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले जानकारी दिए।

शिक्षा,स्वास्थ्य र खेलकुदलाई दृष्टिगत गर्दै आफुले आफ्नो क्षेत्रको बजेट निर्माण गरेको उनले बताए। उनले स्वास्थ्यलाई सुरक्षित गर्न आप्mनो संसदीय क्षेत्रको विभिन्न वडामा पर्खाल निर्माण गरिरहेको जानकारी दिए।

पर्खाल निर्माण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख भोला प्रसाद अधिकारी,नेकपा एमालेका मधेश प्रदेश कमिटी सचिव मनोज पौडेल,प्रदेश सभा सदस्य चौधरीका स्वकीय सचिव रबिन्द्र खकुरेल,वडा नं.३ का कार्यबाहक वडा अध्यक्ष माया बि.क,राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बाराका अध्यक्ष जितन ठाकुर लगायतको उपस्थिति रहेको थियो।

Leave a review