हुलाकी राजमार्ग अन्तर्गत इनर्वा चौकको बिच सडकमा शव राखेर शुक्रबार आफन्तजन,परिवार तथा स्थानीयले प्रदर्शन गरेका छन् ।
अज्ञात सवारी साधनले ठक्कर दिएका घाइतेको उपचारका क्रममा मृत्यु भएपछि उनीहरुले प्रदर्शन गरेका हुन् ।
सरस्वती पूजाको दिन पूजा गराउन साइकलमा सदरमुकाम कलैया जाँदै गरेका बाराको महागढीमाई नगरपालिका–२ घर भएका हरेन्द्र मिश्रालाई पसाह पुल नजिकै अज्ञात गाडिले ठक्कर दिएको थियो । घटनामा उनी घाइते भएका थिए ।
उनको उपचारको क्रममा बिहीबार राती मृत्यु भएको हो । यस पछी परिवारजन तथा आफन्तले शुक्रबार हुलाकी राजमार्गअन्तर्गत इनर्वा चोकमा शव राखेर प्रदर्शन गरेका छन् ।
उनीहरुले सवारीसाधनको पहिचान हुनुपर्ने माग गरेका छन् । मृतकलाई क्षतिपूर्ति दिनुपर्ने र चालकलाई कारबाही गर्नु पर्ने माग उनीहरुको छ।

