कलैयामा रहेको मेरो एकेडेमी स्कुलको नवौं वार्षिकोत्सब सुरु भएको छ ।
बाराको सदरमुकाम कलैया उपमहानगर –४ पन्नाबागमा रहेको मेरो एकेडेमी स्कुलले प्राङ्गणमा विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो नवौं बार्षिकोत्सव दुई दिन मनाउने भएको हो ।

मेरो एकेडेमी स्कुलका म्यानेजिङ्ग ड्यारेकटर देवनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बारा क्षेत्र –३ ख का प्रदेश सभा सदस्य महम्मद समीरले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै मेरो एकेडमी स्कुलले कम समयमा अत्यन्तै राम्रो गुणस्तरीय शिक्षा प्रदान गरिरहेको उनले बताए ।
उनले आजको युगमा प्रतिस्पर्धात्मक एवम गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताए । उनले मेरो एकेडमीले प्रदान गर्दै आएको शैक्षिक प्रणालीबाट आफू खुसी भएको बताए ।
आजको युगमा पढिएन भने भोलि बाख्रा पनि चराउन नपाईने प्रदेश सभा सदस्य समिरले बताए । शिक्षा नभए जवानीले मात्र कमाएर दिने तर शिक्षा भए भने बुढापनले समेत कमाएर दिने भएकोले सबै शिक्षा लिन अनिवार्य भएको समिरले बताए ।
कहिल्यै पनी नकारात्मक सोचका साथ नरहन बिद्यार्थीहरुलाई उनले आग्रह गरे । सकारात्मक सोच भए सन्सारको सबै कुरा जित्न सकिने प्रदेश सभा सदस्य समिरले बताए ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै एकेडेमीका प्रिन्सिपल बैजुशंकर चौधरीले अभिभावकहरुको बिश्वास कहिल्यै टुट्न नदिने बताएका छन् ।
हाल ८ सय बिद्यार्थी रहेको र सबै बिद्यार्थीका अभिभावकले चाहेका सपना पूरा गराउने किसिमले बिद्यार्थीलाई आजको प्रतिस्पर्धात्मक युगमा तैयार गरिरहेको उनले बताए । प्रत्येक कक्षामा स्वच्छ एवम पारिवारिक वातावरणमामा शिक्षा प्रदान गरिरहेको उनले बताए ।
उक्त कार्यक्रममा एकेडेमीका पिजि देखि कक्षा –३ सम्मका बिद्यार्थीहरु विभिन्न कार्यक्रममा भाग लिएका थिए । शनिबार दिने कार्यक्रममा कक्षा ४ देखि १० सम्ममा बिद्यार्थीहरुले भाग लिने छन् ।
सो कार्यक्रममा बोर्ड अफ ड्यारेक्टर सदस्य मन्तोश चौधरी,बिनोद चौधरी,दिपेन्द्र भगत,अनिश महतो,बैधनाथ पासवान,लक्ष्मी चौधरी,बृजमोहन चौधरी,दिपक चौधरी,बिनोद मणि महतो,नासिर अन्सारी,वसन्त घिमिरे,गौरीशंकर साह,नृत्य शिक्षक अंकुश ब्याहुत सहित अभिभावक तथा बिद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको संचालन एकेडेमीका शिक्षक जमुना गिरीले गरेका थिए ।

