पर्सामा १ सय ५३ जनामा कोरोना संक्रमण

साझेदारी दैनिक
साझेदारी दैनिक 556 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

राम मण्डल/
पर्सामा मंगलबार थप एक सय ५३ जना कोरोना सँक्रमित थपिएका छन । वीरगञ्ज स्थित नारायणी अस्पतालमा गरिएको परिक्षणमा पर्सामा थप एक सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले दिएको जानकारी अनसार जिल्लाका वीरगञ्ज महानगरपालिका, बहुदरमाई नगरपालिका, अस्पतालका चिकित्सक स्वास्थ्यकर्मी पत्रकार लगायतमा संक्रमण पुष्टि भएको हो ।

जिल्लाको बहुदरमाई नगरपालिकाको वडा नम्बर ४ बहुअरी टोलमा मात्रै २० जना गरि सो नगरपालिका भरिमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण देखिनेमा सबै भन्दा बढी वीरगञ्ज महानगरपालिकाका १ सय १६ जना, पर्सागढी नगपालिकाका ४ जना र सखुवा प्रसौनी गाउँपालिका ८ जना गरी जम्मा १५३ जनामा कोरोना सँक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

संक्रमण देखिनेमा पुरुष १ सय १७ र महिला ३६ जना रहेका छन । वीरगञ्जको रेडियो सान्भी एफएममा कार्यरत एक जना पत्रकार, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताका गरि ७ जना प्रहरीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिकका बिभिन्न स्थानका १८ जनामा कोरोना संक्रमण देखिएको छ । वीरगञ्ज ४ बिर्ता टोलका एक जना चिकित्सकसहित नारायणी अस्पतालको आइसियुमा उपचारार्थ २२ बर्षका १ जना पुरुष र ४५ बर्ष र ३० बर्षका २ जना बिरामी पनि संक्रमित भएका छन । संक्रमितहरु ७ बर्षकी बालिकादेखि ८० बर्ष उमेर समुहका रहेका छन ।

समाचार शेयर गर्नुहोस
Leave a review