पर्साबाट प्रकाशित भोजपुरी टाइम्सले मनायो १२ औँ वार्षिकोत्सव

साझेदारी दैनिक
239 पाठक संख्या

वीरगंज । भोजपुरी भाषामा पर्साको वीरगंजबाट प्रकाशित भोजपुरी टाइम्स दैनिक पत्रिकाले १२ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ।

पत्रिका शुक्रवार वीरगंजको जनजाति कल्याण आश्रम नेपाल “आमाको माया छात्रावास” मा वार्षिकोत्सव मनाएको हो । पत्रिकारले सो अवसरमा आश्रममा आश्रित गरिब, दलित, असहाय बालबालिकाहरूको लागि खाद्यान्नमा सामाग्री वितरण गरेको आफ्नो ले वार्षिकोत्सव मनाएको जनाएको छ ।

सो अवसरमा पत्रिकाले आश्रममा रहेका बालबालिकाहरुको लागि चामल, दाल, नुन, तेल चाउचाउ, बिस्कुट तथा शैक्षिक सामग्रीहरु वितरण गरिएको छ ।

पत्रिकाका प्रकाशक अजय कुमार चौरसियाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जारा रहेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य राघव साह, प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्ष निरज पीठाकोटे मगर,कुमुदिनी एकेडेमीका सञ्चालक एवं शिक्षाप्रेमी श्रीरामजी गिरी लगायतकाले सम्बोधन गर्नुभएको थियो ।

भोजपुरी प्रतिष्ठान वीरगंजका सदस्य एवं भोजपुरी प्रेमी श्याम सर्राफले गरेका थिए भने स्वागत भाषण पत्रिकाका कार्यकारी सम्पादक श्रवण प्रसाद साहले गरेका थिए ।

Leave a review