विभिन्न संघसंस्था र बारा प्रहरीको सकृयताा भारतको मुम्बईबाट नेपाली ८ बालकको उद्धार गरिएको छ ।
भारतको मुम्बईको विभिन्न स्थानमा बाध्यकारी श्रममा ज्याला मजदुरी गरेर कष्टकर जिवन यापन काम गरि रहेका ८ जना नेपाली बालकहरुलाई बाल कल्याण समिति र मुम्बई प्रहरीले सहयोगमा उद्धार गरी विभिन्न बाल गृहहरुमा संरक्षणमा राखेका थिए ।
ती बालबालिकाहरुलाई बाल हेल्पलाइन १०९८,बाल कल्याण समिति र जिल्ला प्रहरी कार्यालय संयुक्त सहकार्यमा मुम्बईबाट उद्घार गरि परिवारजनको जिम्मा लगाइएको बारा प्रहरी जनाएको छ ।
उद्धार गरिएका बालकहरु मध्ये ४ जना करिव ८ महिना,१ जना तिन महिना र ३ जना १ महिना देखि मुम्बई प्रहरीले पकाउ गरि राखिएका अवस्थामा उद्धार गरि ल्याईएको जिल्ला प्रहरी कार्यालय बाराका एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन ।
उद्धार भएका बालकहरु रौटहटका दुर्गाभगवती गाउँपालिका १ जना,गढीमाई नगरपालिकाका १ जना,बुन्दावन नगरपालिका १ जना,परोहा नगरपालिका ३ जना र कपिलबस्तु जिल्लाका मायादेवी गाउँपालिका १ जना रहका छन ।
उद्धार गरि ल्याइएका बालकहरु १३ देखि १७ सम्म वर्ष उमेर समुहका रहेका छन ।

