बारा प्रहरीले दुई जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले लेनदेन मुद्दामा अदालतबाट २ वर्ष कैद जरिवाना पाएका बाराको बाराको बिश्रामपुर गाँउपालिका वडा नं.२ बस्ने बिजुली पंडित कुम्हारलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।
त्यस्तै प्रहरी चौकी बरियापुरबाट खटिएको प्रहरीले कुटपिट अंगभंग मुद्दामा अदालतबाट १० हजार रुपैयाँ जरिवाना पाएका जिल्लाको महागढीमाई नगरपालिका वडा नं.११ मधुरी जब्दी बस्ने अन्दाजी ५२ वर्षीय तैयब मियाँ भन्ने तईअब अंसारी पनि पक्राउ परेका हुन् ।
बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।


