पचरौतामा समुदाय–प्रहरी साझेदारी कार्याक्रम अन्तर्गत आईतवार अल्पसंख्यकसंग प्रहरी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बाराको पचरौता नगरपालिका वडा नम्बर १ हरपुरटोल स्थित पिपरपाती स्वास्थ्य चौकी बर्थिङ सेन्टरको प्राङ्गणमा आइतबार जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्याक्रम अन्तर्गत अल्पसंख्यकसंग प्रहरी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
पचरौता नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिनय कुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्का रहनु भएका थिए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्काले नागरीकहरूलाई शान्ति सुरक्षा,घरेलु हिंसा,लागू औषध,बाल विवाह,बहु विवाह,दाईजो प्रथा तथा घरेलु मदिरा सम्बन्धि संदेश मुलक प्रस्तुतिकरण दिनु भएको थियोे ।
उक्त कार्यक्रममा पचरौता नगरपालीकाका नगरप्रमुख जालन्धर सिंह जैसवार,स्थानीयबासी,समाजसेवी,भद्रभलादमी,बुद्धिजिवि तथा जनप्रतिनिधि,विद्यार्थीहरू लगायत ३ सय जनाको सहभागिता रहेको थियो ।


