बारा प्रहरीले लाखौंको माल सामान सहित एक पिकअप भ्यानलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले एक विज्ञप्ति जारी गरी बुधबार यसबारे जानकारी दिएको हो ।
विशेष सूचनाको आधारमा प्रहरी टोलिले विल विजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू. १ लाख, ८० हजार,३ सय ७५ रूपैया बराबरको निम्न अबैध समान सहित पिकअप नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी कचोर्वाल बाराको सिम्रौनगढ नगरपालिका वडा नं.०९ वसवरिया स्थितमा टाउकोमा बोकी भन्सार छली गरी ल्याउदै गरेको अं. ७० के.जी., अन्दाजी मुल्य रु.२६ हजार बराबरको कुखुराको मासु बरामद गरेको छ । प्रहरी टोलिलाई देखी उक्त मासु फाली मानिस फरार रहेकोले उक्त मासु नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी पथलैया,बाराले जितपुरसिमरा उप–महानगरपालिका वडा नं.०१ स्थितमा जितपुरबाट चितवन तर्फ जाँदै गरेको ना ५ ख ७४७१नं.को पिकअपमा लुकाई छिपाई राखेको अं. २५०० के.जी,अन्दाजी मुल्य रु.एक लाख चौवन्न हजार तिन सय पचहतर बराबरको स्ट्रिम चामल बरामद गरेको छ ।
बिल बिजक भन्दा बढी तथा ख्ऋत्क् बिलमा लोकेसन फरक रहेको प्रहरीले जनाएको छ ।

