जिल्ला प्रहरी कार्यालय बाराद्वारा ट्राफिक व्यवस्थापनका लागि संचालित विशेष अभियान अन्तर्गत आइतबार एक सय ३३ सवारी साधनलाई कारवाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो ।
सवारी साधनलाई कारवाही गरी एक लाख २० हजार राजस्व संकलन गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले एउटा भारतीय नम्बर प्लेटको सावारीलाई भन्सार कार्यालय वीरगंज पठाइएको प्रहरीले जनाएको छ ।


