कलैया : बारा प्रहरीले ६६ हजार रुपैयाँ बराबरको बिभिन्न समान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत समेत प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीहरूले जिल्लाको विभिन्न स्थानबाट बिल भरपाई नभएको र समानको स्रोत खुलाउन नसकेको अवैध समान बरामद गरेको हो ।
उक्त समान अन्दाजी मुल्य रू. ६६ हजार रूपैया बराबरको विभिन्न समानहरू रहेको बारा प्रहरीले जनाएको छ ।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थितमा काँकडभिट्टा बाट काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०३–००१ ख २६४२ नं. को यात्रु बाहक बसमा लोड गरेको अन्दाजी मुल्य रू.४२ हजार रुपैयाँ बराबरको फेस वास,मरिच र अन्य किराना समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ ।
यसैगरी ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ कवलपुर स्थितमा नेपालबाट भारततर्फ लैजादै गरेको अन्दाजी मुल्य रू.२४ हजार रुपैयाँ बराबरको लहसुन बरामद गरेको हो ।
उक्त अवैध सामानहरु नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।
फोटोः बरामद मालसामनहरु ।

