जीतपुरसिमराका कपिल खरेलको म्युजिक भिडियो ‘माया’ सार्वजनिक

साझेदारी दैनिक
साझेदारी दैनिक 595 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बाराको जितपुरसिमरा उपमहानगरपालीका ४ घर भएका कपिल खरेलले आफ्नो पहिलो म्युजिक भिडियो ‘माया’ सार्वजनिक गरेका छन् ।

उनले युवा पुस्ताका लागी केन्द्रित गरेर बजारमा ल्याएको यो म्युजिक भिडियोले बिशेषगरी युवा पुस्तामा पछिल्लो समय देखिएको लागुपदार्थ दुव्र्यवसनीले समाजमा देखिएको बिकृतीलाई दर्शाउन खोजिएको बताए । उनले यो पहिलो अभ्यासबाट सफलता पाए आगामी दिनमा संगीत क्षेत्रमा सकृय रुपमा लागी पर्ने बताए ।

‘माया’ नामक म्युजिक भिडियोमा युवा पुस्ताको माया र प्रेमलाई र्याप शैलीमा देखाउन खोजिएको छ । भिडियोमा सिमराका स्थानिय कलाकार आकृती न्यौपाने र रमन राईको अभिनय देख्न सकिन्छ भने प्रेम कार्कीको निर्देशनमा अंकित तामाङ्गले आवाज दिएका छन् । र्यापमा टिआरको आवाज छ ।

द टिमको प्रोडक्सनमा तयार पारिएको सो म्युजिक भिडियो एसएमसी स्टुडियो सिमराबाटै रेकडिङ्ग निर्माण गरिएको हो । यसलाई हाइलाइट्स नेपाल नामक युटुब च्यानलले सार्वजनिक गरेको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review