कलैयामा थप विस्तारित सेवाका साथ श्री कृष्ण डेण्टल क्लिनिकको एक कार्यक्रमवीच शनिबार उद्घाटन भएको छ ।
बाराको सदरमुकाम कलैया उपमहानगरपालिका वार्ड नम्बर ५ स्थित अस्पताल रोडमा एक दशकको यात्राको क्रममा सरकारी तथा प्राईभेट क्लिनिकको अनुभव सहित थप विस्तारित सेवाका साथ श्री कृष्ण डेण्टल क्लिनिकको उद्घाटन भएको हो ।
श्री कृष्ण डेण्टल क्लिनिकका प्रमुख डाक्टर मुकेशकुमार यादवको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कार्यक्रमको प्रमुख अतिथि डाक्टर मुकेशको आमा सुमित्रादेवी र बुवा श्यामलाल प्रसाद यादवले उक्त क्लिनिकको संयुक्त रुपमा रिबन काटी उद्घाटन गरेका हुन् ।
पहिला कलैया उपमहानगर –६ स्थित बेलपाती माई मन्दिरको अगाडि ६ वर्ष देखी सेवा प्रदान गर्दै आएको क्लिनिक रहेको छ ।
उक्त क्लिनिकले दन्त परीक्षण तथा परामर्श,दाँत सफा गर्ने र टल्काउने,दाँतको एक्स–रे गर्ने,बच्चाको दाँतको विशेष उपचार,दाँत कलरको सिमेन्ट भर्ने,सुई लगाएर नदुखाईकन दाँत निकाल्ने,दाँत नभएको ठाउँमा दाँत राख्ने,तलमाथी पुरै दाँत नभए नयाँ प्रविधिबाट दाँत राख्ने,फिक्स दाँत राख्ने (आफ्नो जस्तै झिक्न नमिल्ने),गिजाबाट रगत आउने,मुख गन्हाउने समस्याहरू हटाउने,दाँतमा खोल राख्ने (क्यापिङ ),दाँतको नशाको उपचार गर्ने (आर.सि.टि),जस्तो सुकै नराम्रो दाँतको (कस्मेटिक ) उपचार गर्ने,बाङ्ङ्गो टेढो दाँत मिलाउने (अर्थोडोन्टिक),दाँत रोप्ने दन्त प्रत्यारोपण र दात तथा मुख सम्बन्धी सामान्य तथा जटिल शल्यक्रिया जस्ता सेवाहरु प्रदान हुने क्लिनिकका प्रमुख डाक्टर यादवले साझेदारी दैनिकलाई जानकारी दिए ।
उद्घाटनको उपलक्ष्यमा उक्त क्लिनिकले जेठ महिना सम्म ओपिडी टिकट फ्री र सेवामा १० देखि ५० प्रतिशत सम्म छुट पनि गर्ने समेत उनले बताए ।
अत्याधुनिक उपकरणहरुबाट दातको चेक हुने समेत उनले बताए । उक्त क्लिनिकका मुख्य डाक्टर मुकेश कुमार यादव र डाक्टर मेरिना बिराजी रहेकी छिन् ।
उक्त कार्यक्रममा बारा क्षेत्र नम्बर ३ ख का पुर्व प्रदेश सभा सदस्य पारस प्रसाद साह,जसपा पार्टीका केन्द्रिय सदस्य रामकिशोर यादव,नेपाल शिक्षक संघ बाराका पुर्व अध्यक्ष परमहंस यादव,डाक्टर कृष्ण कुमार गुप्ता,राकेश यादव,सन्तोष कुशवाहा,सञ्चारकर्मी र डाक्टर तथा समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो ।


