चार सय पचास लिटर अवैध घरेलु मदिरा नष्ट

साझेदारी दैनिक
244 पाठक संख्या

पर्सा प्रहरीले जाँचको क्रममा नियन्त्रणमा लिएको अबैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

वीरगञ्ज महानगरपालिका–२१ हनुमान मन्दिर स्थित सडकखण्डबाट हेटौडाबाट वीरगञ्जतर्फ आउदै सार्वजनिक सवारी साधनहरूबाट घरेलु मदिरा पर्सा प्रहरीले बरामद गरेको थियो ।

प्रहरी चौकी परवानीपुरबाट खटिएको चेकिङ टोलीले चार सय ५० लिटर मदिरा बरामद गरेकोमा जिल्ला प्रहरी कार्यालय पर्साको नजिकै रहेको खाली जग्गामा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a review