समाजसेवी उृपेन्द्र प्रसाद साहले शिक्षामा सुधार र पढाइलाई अगाडि बढाउन विद्यालयमा सोमबार शैक्षिक सामाग्री वितरण गरेका छन् ।
बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर ३ बैद्यनाथपुरमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा पढाइमा सहयोग पुर्याउन साहले उक्त सामग्री वितरण गरेका हुन् ।
सामुदायिक बिधालयमा गरिब समाजमा पछाडी परेका छोराछोरी पढने उहाहरुलाइ सहयोग पुगोस भनी गंगापुरका समाजसेवी साहले ति सामग्री वितरण गरेका हुन् ।
कक्षा ६ सम्म अध्यनरत छात्रछात्रा सबैलाई खेलकुदको लागि सामग्री र अंग्रेजीमा पढाइ हुन पढाइमा सहयोग पुगोस भनी अलईन वन किताब साहले एक सय २८ वटा वितरण गरेका हुन् ।
छात्रछात्रालाई गर्मिबाट बाच्न ५ थान पंखा दिने प्रतिबद्धता गरेका छन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथी कलैया उपमहानगरपालिका ३ का वडा अध्यक्ष मोहनसाह कानुले गाउको सबै अभिभावक आ–आफ्नो बालबालिकालाई पढाउन बोर्डिङमा पठाइदिने गर्नाले गर्दा सामुदायिक विद्यालय पछाडि परेको बताए ।
जुन सामुदायिक विद्यालय छात्रछात्रा पढन आउदैछ त्यो विद्यालय राम्रो हुदैछ अध्यक्ष कानुले आफ्नो बताए ।
शिक्षा,कृषि र स्वास्थ्यमा बढी सहयोग गर्ने वार्ड अध्यक्ष कानुले बताए ।
बिधालयका बालविकास शिक्षिका सरिता सिंहले स्कुलमा आर्थिक अभाव भएकोले पढने छात्रछात्रालाई पढाउने शिक्षण गराउने सामग्री सबै नहुदा चाहेर पनि सब थोक पढान नसकेको बताइन।
समाजसेवी साहले पहिला दिल्ली नै पढाइलाई सहयोग पुर्याउने गर्दै आइ रहेको उनले बताइन ।
आज सबै अभिभावक यस्तै सहयोग गरेको भए बिधालयमा पढाइ अगाडि बढ्थ्यो शिक्षिका सिंहले बताइन् ।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रियाज हवारीको सभापतित्वमा भएको हो । कार्यक्रममा कलैया उपमहानगरपालिका वडा ३ का वडा सदस्य दरोगा राउत कुर्मि,श्यामनाथ मण्डल,समाजसेवी संदिप गुप्ता,शिक्षक छोटेलाल प्रसाद साह रिन्कु कुशवाहा,फुला पटेल समाजसेवी लगायतका उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य कपिल प्रसाद भट्टराईले राखेका थिए । कार्यक्रम संचालन बिधालयका प्रधानाध्यापक सत्यनारायण मण्डलले गरेका थिए ।


