वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ मा निःशुल्क स्वास्थ्य शिवीर सम्पन्न भएको छ ।वडा नम्बर २६ मा रहेको स्वास्थ्य चौकीको प्राङगणमा निःशुल्क स्वास्थय शिवीरको आयोजना गरिएको हो ।
शिवीरमा मधुमेह मुटुरोग बिशेषज्ञ डा.अनुपम उपाध्याय,स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा.अञ्जली पाण्डेय,बाल रोग बिशेषज्ञ डा. आनन्द रौनियार र नेत्ररोग बिशेषज्ञ डा.पवन राज पटेलले बिरामीहरुको जाँच गरेका थिए ।
बढदो गर्मीको मौसममा वडाबासीहरुलाई बिभिन्न समस्या देखिएकोले वडामै स्वास्थ्य शिवीरको आयोजना गरिएको वडा नम्बर २६ का वडाध्यक्ष शम्भु मिश्राले जानकारी दिए ।
शिवीरमा जाँच गराएका बिरामीहरुलाई स्वास्थ्य चौकीको तर्फबाट निःशुल्क औषधि वितरण गरिएको सुगौली बिर्ता स्वास्थ्य चौकीका ईन्चार्ज रामकुमार यादवले जानकारी दिए ।
गाउँ टोलकै स्वास्थ्य चौकीमा आएर डाक्टरसित निःशुल्क रुपमा जाँच गराउन पाउदा खुशी लागेको स्थानीय कुमारी देबीले बताईन । उनले वीरगञ्जको शहरी क्षेत्रमा आवत जावत गर्न समस्या हुने गरेकोले गाउँमै जाँच गराएपछि खर्च समेत बचेको बताईन् ।

