बाराको अमलेखगञ्जमा रहेको बिटुमिन तथा ब्यारेल उद्योगमा मंगलबार दिउँसो आगलागी भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ मा रहेको उक्त उद्योगमा आगलागीबाट करोडौं मूल्य बराबरको क्षति भएको जनाईएको छ ।
उद्योगमा आगोबाट बिटुमिन तताउन लागि च्याम्बर तताउन हिटिङ फायरिङ गर्ने क्रममा भएको आगलागी भएको उद्योग स्रोतले जनाएको छ । सडक कालोपत्रे गर्ने सामाग्री उत्पादन गर्न बिटुमिन तताउन खोज्दा आगो लागेको हो ।
आगोलाई करिब दुई घण्टा पछिमात्र नियन्त्रणमा लिइएको र मानवीय क्षति नभएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए ।
उद्योगमा लागेको उक्त आगोलाई नेपाल आयल निगम,जीतपुरसिमरा उपमहानगरपालिका,हेटौंडा उपमहानगरपालिका,वीरगन्ज महानगरपालिकाको दमकलको सहयोगमा नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको सकृयतमा आगो नियन्त्रणमा लिईएको प्रहरीेले जनएका छ ।

