कलैया :बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ पिपरामा सामुदायिक स्वास्थ्य ईकाईको बुधबार उद्घाटन गरिएको छ ।
करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादवले एक कार्यक्रमकाबीच सामुदायिक स्वास्थ्य ईकाईको उद्घाटन गरेका हुन्।
उक्त अवसरमा करैयामाई गाउँपालिकाका निवर्तमान अध्यक्ष भुवनेश्वर धामी,गाउँपालिकाकी उपाध्यक्ष सुनैनाकुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र महतो,स्थानीय भद्र भलादमी लगायतको सहभागिता रहेको थियो।

