पर्साको पटेर्वा सुगौली गाँउपालिकाले अगामी आििर्थक बर्ष ०८१\८२ को लागि ग ४९ करोड ११ लाख रुपैयाँको अनुमानित आय व्यय सहितको बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकाले आफनो १३ औँ गाउँ सभा मार्फत आय व्ययसहितको बजेट ल्याएको हो । गाउँ सभामा उपाध्यक्ष ममता महतो थारुले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी थिइन ।
बजेटमा कृषि,शिक्षा,स्वास्थ्य,उधम,पर्यटन,वन,पूर्वाधार पटेर्वा सुगौलीको समृद्धिको आधार भन्ने मूल नाराका साथ गाउँ सभा सम्पन्न भएको थियो ।
गाउँपालिका अध्यक्ष दिनेश चौधरीको अध्यक्षतामा भएको गाउँ सभामा प्रमुख प्रसासकीय अधिकृत देवनाथ साह,वडाअध्यक्षहरु फरमान मियाँ,माधो राउत थारु,बासु पंजियार,बिजय गैरे,बिपिन मुखिया,कर्मचारी,संचारकर्मी,सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

