बारा र रौतहट अगुवा कृषकहरुलाई सिकाई अदान प्रदान भ्रमण

रञ्जन यादव
447 पाठक संख्या

बारा र रौतहट जिल्लाका अगुवा कृषकहरुलाई एकिकृत कृषक सीपमुलक सिकाई कार्यशाला अन्तर्गत एकदिने सिकाई अदान प्रदान भ्रमण गराईएको छ ।

राष्ट्रिय कृषक समुह महासंघले कृषकहरुलाई थप उद्यमशिलता बनाउन जिल्लाकै अगुवा कृषकहरुलाई भ्रमण गराएको हो ।

भ्रमणको क्रममा एक अर्कासँग सिकाई अदान प्रदान ज्ञान सीप अभिबृद्धि गर्ने भ्रमणको मुख्य उदेश्य भएको महासंघले जनाएको छ ।

बारा देखि रौतहट भ्रमणमा रहेका किसानहरुलाई बिउँ उत्पादन तथा प्रशोधन गर्ने कृष्ण महिला कृषि सहकारी संस्था लिमिटेड नजरपुर, पशुपालन,माछापालन र अर्गानिक खेती गर्ने एकिकृत अर्गानिक फर्म र प्रगतिशिल कृषक समुह बालचनपुर र संग्रामपुर कृषक समुहको अध्ययन तथा अवलोकन गरिएको थियो ।

त्यस्तै रौतहटदेखि बारा भ्रमणमा रहेका किसानहरुलाई भर्मी कम्पोस्ट,गोबर ग्यास,अर्गानिक खेती गर्ने जोर्लाईमाई प्रगतिशिल कृषक समुह,ड्रागन फु्रट खेती गरिरहेका मनोज चौधरी ड्रागन फु्रट खेती,पोता र जनसहयोगी कृषक समुह मनहर्वाको अध्ययन तथा अवलोकन गराईएको एक्टिभ परियोजनाको अंकिता नेपालले जानकारी दिईन् ।

यस्तै मनहर्वा विद्यालयमा कृषि सम्बन्धि कार्यको अवलोकन र लघु उद्यमी औजार प्रदर्शनी स्थलको अवलोकन गरिएको थियो । बारा र रौतहटको भ्रमण टोली मिलेर धान दिवस मनाई ज्ञान तथा सिपको अदानप्रदान गरेको थियो ।

भ्रमणले नयाँ ठाउँमा पुगी नयाँ प्रविधि जोश र उपलब्धि सँगै आफू जस्तै किसानहरुलाई भेट्न पाउँदा गौरब महशुस भएको बताएका छन् ।

सदैव काममा ब्यस्त रहेने किसानहरुलाई समय समयमा यस्ता अध्ययन अवलोकन भ्रमणले व्यवसाय प्रति अझै लगाव बढ्ने र आर्थिक समृद्धिमा टेवा पुग्ने भ्रमण टोलीका किसानहरुले बताएका छन् ।

Leave a review

This will close in 0 seconds