टेलिकमका कर्मचारी बनेर लाखौं मूल्यको तामाको तार चोरी गर्ने दुई युवक पक्राउ

साझेदारी दैनिक
416 पाठक संख्या

कलैया । बारा प्रहरीले नेपाल टेलिकमका कर्मचारी हुँ भन्दै टेलिकम टावरको तामाको तार चोरी गर्ने दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ का ३२ वर्षीय रमेश प्रसाद यादव र सोही वडाका१९ वर्षीय विष्णु प्रसाद यादव रहेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूले बाराको कलैया उपमहानगरपालिका–११ बिसम्भरपुरस्थित नेपाल टेलिकम टावरमा लाखौँ मूल्य बराबरको तामाको तार चोरी गर्न खोजेका थिए । उनीहरुलाई स्थानीयले बिहिवार नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्।

दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले साझेदारी दैनिकलाई जानकारी दिएका छन्।

Leave a review