Sajhedari Daily
Latest News from Nepal

कलैया उपमहानगरपालिकामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि ,एक जनाको मृत्यु

Top Aside Banner

रञ्जन यादब /
बारामा आज थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा पुरै संक्रमितहरु कलैैैया उपमहानगरपालिका भित्रका रहेका छन् । नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा भएको कोरोना परिक्षणमा कलैया उपमहानगरपालिका वडा नंं.१ का ५ जना ,वडा नं.२ का ६ जना ,वडा नं.३ का एक जना , वडा नं.४ का ६ जना,वडा नं.५ का ७ जना ,वडा नं.६ का एक जना ,वडा नं.७ का ५ जना ,वडा नं.८ का एक जना , वडा नं.९ को एक जना ,वडा नं.२० का ८ जना ,वडा नं.२१ का एक जना ,वडा नं.२३ का ३ जना , कलैया स्थित १२ नं. चन्दननाथ गणका २ जना र बाँकी तीन जनाको वडा खुल्न नसकेको अस्पतालका प्रबक्ता डा. अतुलेस चौरसियाले जानकारी दिनुभयो । कोरोना संक्रमण देखिने मृत्यु भएको ब्यक्तिमा सिम्रौनगढ नगरपालिका वडा नं.९ का ९७ बर्षिय पुरुष रहेका छन् । भाद्र १४ गते गण्डक कोभिड नारायणी अस्पतालम भर्ना भएका पुरुषको उपाचारको क्रममा मृत्यु भएको थियो । लामो समय देखि बिभिन्न रोगबाट ग्रसित उहाँको उपचारको क्रममा आज बिहान १ बजे मृत्यु भएको अस्पतालका प्रबक्ता डा.चौरसियाले बताउँनुभयो ।