बारा । बाराको कलैया उपमहानगरपालिका–१७ भवानीपुरमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा १५ वर्षीय किशोरको मृत्यु भएको छ।
भवानीपुरबाट ब्रह्मपुरीतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक कलैया–३ भवानीपुरमा बस्ने महम्मद अजिज मंसुरका १५ वर्षीय छोरा सादेव मंसुर घाइते भएका थिए।
दुर्घटनापछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। तर चिकित्सकले करिब ९ बजे ईसीजी परीक्षणपछि मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


