नेपाल प्रहरी श्रीमती संघको ४० औं वार्षिकित्सवको अवसरमा रक्तदान

संदिप प्रसाद यादव
339 पाठक संख्या

नेपाल प्रहरी श्रीमती संघको ४० औं वार्षिकित्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित रहेको जिल्ला प्रहरी कार्यालय बाराले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी श्रीमती संघको ४० औं वार्षिकित्सवको अवसरमा जिल्ला प्रहरी कार्यलय बाराको प्राङ्गणमा आईतबार एक कार्यक्रम बीच सम्पन्न भएको हो ।

सो रक्तदान कार्यक्रम प्रादेशिक अस्पताल कलैयाको सहकार्यमा भएको हो । जिल्ला प्रहरी कार्यालय बाराले आयोजना गरेको रक्तदान कार्यक्रममा २ महिला र २८ पुरुष गरि ३० जनाले रक्तदान गरेको प्रादेशिक अस्पताल कलैया ब्लड बैंकका इन्चार्ज राजाबाबु गुप्ताले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काको अध्यक्षतामा उक्त रक्तदान कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रममा प्रहरी कार्यालयका सुचना अधिकारी एवंम् प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटा,प्रादेशिक अस्पताल कलैया बाराका डाक्टर दिपेश श्रेष्ठ,प्रहरी निरीक्षक बिरेन्द्र राज गुरुङ, प्रहरी निरीक्षक विमला कुमारी कठायत,प्रहरी निरीक्षक जटाशंकर यादव, प्रहरी निरीक्षक रादेश कुमार खत्री,प्रहरी निरीक्षक मुरारी प्रसाद गुप्ता,बु.प्र.अ.संरक्षण नेपाल गैर सरकारी संस्था बाराको अध्यक्ष बबिता जयसवाल,संचारकर्मी,नेपाल रेडक्रस सोसाइटी बाराका कोषाअध्यक्ष उदय कुमार नेपाल,रक्त सन्चार केन्द्र कलैयाका ल्याब टेक्निसियन नाजदा खातुन,ल्याब असिस्टेन्ट कृष्ण यादव,स्थानियबासी तथा समाजसेवी र प्रहरी कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a review