सहायक सड्कहरु १ करोड ४४ लाखको लागतमा मर्मत हुदैँ

साझेदारी दैनिक
214 पाठक संख्या

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाको सहायक सड्कहरु १ करोड ४४ लाखको लागतमा मर्मत हुन गईरहेको छ ।

त्रिभुवन राजमार्ग देखि पुर्ब,सिमरादेखि बडहर्वा र नितनपुरदेखि ईनरवा सड्क खण्ड मर्मत हुने जीतपुरसिमरा उपमहानगरपालिकाको ईन्जिनियर अभय कान्त झाले जानकारी दिए ।

सड्क बोर्डको सहयोगमा हुने सड्क मर्मत कार्य एक हप्ता भित्रमा सुरु हुने उनले बताए । अहिले सम्ममा सुरु भईसक्नुपर्ने थियो तर बर्षाको कारण अलि ढिलो भएको ईन्जिनियर झाले जानकारी दिए । यस क्षेत्रमा रहेका सबै सवारी साधन,ब्यपारिक सामग्री र अस्थाई संरचना हटाउँन जीतपुरसिमरा उपमहानगरपालिकाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

मर्मत सम्भार भईरहेको समयमा सड्क अवरुध हुन सक्ने भएकाले आफनो सवारी साधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न सुझाव ईन्जिनियर झाले जारी गरेका सुचनामा उल्लेख छ ।

Leave a review

This will close in 0 seconds