सख्खर,भारतीय युरिया मल र कस्तुरी रक्सी बरामद

साझेदारी दैनिक
322 पाठक संख्या

भन्सार छली ल्याइएको तीन हजार पाँच सय४० किलोग्राम सख्खर पर्सा प्रहरीले बरामद गरेको छ ।

प्रहरीले ३० बोरा भारतीय युरिया मल समेत बरामद गरेको छ । यस्तै १२ कार्टुन कस्तुरी रक्सी समेत बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा पर्सा जिराभवानी गाउँपालिका–१ चिनीमिल बस्ने सैफुल्लाह मियाँको घरबाट भन्सार छली ल्याइएको सख्खर ११८ बोरा र युरिया मल ३० बोरा प्रहरीले बरामद गरेको हो ।

यस्तै वीरगञ्ज महानगरपालिका–१६ दशगजाबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा कस्तुरी ९ कार्टुन र एम्विशन ३ कार्टुन गरि एक दर्जन कार्टुनमा रहेको एक लाख ५५ हजार पाँच सय ८० रुपैयाँ बराबरको मदिरा बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता (डिएसपी) दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।

बरामद गरिएको सामानहरुलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको भारतीले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds