बालबालिकालाई बोल्ने बानी पार्नै पर्छ – सुवर्ण गाउँपालिका अध्यक्ष यादव

साझेदारी दैनिक
297 पाठक संख्या

कलैया : बालबालिकाको बोल्ने बानीको विकास गर्नुपर्ने आवश्यकता आफूले देखेको बाराको सुवर्ण गाउँपालिका अध्यक्ष राजेशप्रसाद यादवले बताएका छन्।

बाल दिवसको अवसरमा आयोजित वक्तृत्वकला कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन्।

“बाल दुव्र्यवहार सहेके ना कहेके बा” विषयक अन्तर आधारभूत विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगितामा बालबालिकाको प्रस्तुतिबाट आफू प्रभावित भएको यादवले बताए ।

अन्य क्षेत्रको विकासमा ध्यान दिने क्रममा बालबालिकाको बोल्ने क्षमताको विकासलाई समेत ध्यान दिन उनले आग्रह गरे। आधारभूत तहका विद्यालयमा हरेक साता प्रतियोगिताको आयोजना गर्न प्रधानाध्यापकहरुलाई उनले सुझाव दिए। अगामी महिना देखि नै वाक कलाका कार्यक्रमहरु आयोजना गर्न सुझाव दिदै उनले त्यस्का लागि आवश्यक खर्च आफूले पाउने सेवा सुविधाबाट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागि बालबालिकाहरुलाई जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब निरीक्षक सरु अधिकारीले गलत सोचका साथ छुने, बोल्ने, हेर्ने,लालच दिने,शारीरिक तथा मानसिक हिंसा गर्ने जस्ता दुव्र्यवहार कोहि कसैबाट भएमा सहेर नबस्न आग्रह गरिन्। उनले तुरुन्तै नेपाल प्रहरीको १०० वा महिला सेलको १०४ मा फोन गरेर भन्न आग्रह गरिन् ।

भविष्यमा हुन सक्ने दुर्घटना रोक्नाका साथै यसले बाल शोषकलाई कारवाहीको दायरामा ल्याउन मद्दत पुग्ने जनाइन्। सूचना दाताको परिचय गोप्य राखिने समेत उनले विश्वास दिलाइन् ।

सोहि क्रममा “बाल दुव्र्यवहार सहेके ना कहेके बा” विषयक अन्तर आधारभूत विद्यालय स्तरिय वक्तृत्व कला प्रतियोगितामा सृष्टि साह प्रथम भइन्। अप्साना खातुन द्वितीय भइन्। पूजा बैठा तृतीय तथा नसरुल्लाह मियाँले सान्त्वना स्थान हासिल गरेका छन् ।

सुवर्ण गाउँपालिका वडा नं. १ को चारमोहना,वडा नं. ८ को भिष्वा,वडा नं. ६ को मझरिया र वडा नं. ५ को औरैया स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयहरुबाट १२ जना छात्रछात्राले सो प्रतियोगितामा सहभागिता जनाएका थिए । विजेता छात्रछात्राहरुलाई मेडल,शैक्षिक सामग्री,चकलेट प्रदान गरिएको थियो सहभागि सबैलाई कापी र कलम प्रदान गरिएको थियो ।
इस्लामिक रिलिफ क्यानडा, इस्लामिक रिलिफ नेपालको सहयोग तथा जनजागरण युवा क्लब (जेजेवाइसि) बाराको आयोजनामा संचालित समुदायको उत्थानशिलता सुदृढिकरण परियोजनाको आयोजना एवं स्थानीय युवा तथा बाल क्लबहरुको सहकार्यमा प्रतियोगिता गरिएको हो ।

जेजेवाइसिका कोषध्यक्ष सियाराम यादवको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा सुवर्ण गाउँपालिकाकी उपाध्यक्ष पुनमकुमारी यादव, वडा नं. ५ का अध्यक्ष रामएकवाल साह,जेजेवाइसिका अध्यक्ष भैयाराम यादव,श्री ने.रा.आ.वि औरैयाका व्यवस्थापन समिति सदस्या लालबाबु प्रसाद यादव,प्रधानाध्यापक ध्रुप प्रसाद यादव,श्री ने.रा.आ.वि वगहीका शिक्षक शम्भुप्रसाद यादव,भिष्वाका शिक्षक सनोजकुमार दास,मझरियाका शिक्षिका संगीताकुमारी साह,सेवा युवा क्लबका अध्यक्ष आमीर खान,चेतना युवा क्लबका कोषाध्यक्ष गुडी खातुन लगायतले मन्तव्य व्यक्त गरेका थिए।

Leave a review

This will close in 0 seconds