कलैया : मधेस प्रदेश सरकारका खेलकुद तथा सामाजिक विकास मन्त्री प्रमोद जयसवालले शिक्षा क्षेत्रलाई अगाडि बढाउन आवश्यक रहेको बताएका छन ।
राष्ट्रिय शिक्षा दिवसको उपलक्ष्यमा प्रसौनी गाउँपालिकाले एसईई परिक्षामा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जयसवालले यस्तो बताएका हुन ।
उनले शिक्षक, बिद्यार्थीहरुलाई अगाडी बढन आग्रह गरेका हुन्। पालिकाको सम्पूर्ण बजेटको ११ प्रतिशत शिक्षामा लगानी गरि मधेस प्रदेशमै उत्कृष्ट कार्य गरेको मन्त्री जयसवालले बताए ।
प्रसौनी गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा बुधबार एक कार्यक्रम बीच राष्ट्रिय शिक्षा दिवसको उपलक्ष्यमा सामुदायिक बिधालयका एसईई परिक्षामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।
प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोदप्रसाद जैसवालको अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेश सरकारका खेलकुद तथा सामाजिक विकासमन्त्री प्रमोद जयसवालले कार्यक्रमको उदघाट्न गरेका थिए। प्रसौनी गाउँपालिकाको आहवान,गुणस्तरीय शिक्षाको सम्मान भन्ने मूल नाराका साथ राष्ट्रिय शिक्षा दिवसको मनाएको हो।
एसईईको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ५/५ जना छात्राछत्रहरुलाई सम्मान तथा पुरस्कार वितरण भएको हो। प्रथम,द्वितीय,तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
गाउँपालिका अन्तर्गत १४ वाट सामुदायिक विधालयका कक्षा १ देखि ११ सम्मका प्रथम दोस्रो र तृतीय नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियोे ।
एसईई परीक्षामा श्री बेंगा साह माध्यमिक विद्यालय प्रसौनीबाट उत्कृष्ट नतिजा ल्याउने प्रथम छात्रा चान्दनी कुमारी,दोस्रो प्रिन्सि साह,तृतीय सन्झना कुमारी,चौथो अञ्जली कुमारी र पाँचौ कुसुम कुमारी भएकी हुन्। छात्र तर्फ प्रथम नितेश महतो,द्वितीय सर्फराज अन्सारी,तृतीय धिरज कुमार मण्डल,चौथो धनिलाल सहनी र पाँचौ एकराज कुमार ल्याएका थिए ।
एसईई परीक्षामा उत्कृष्ट प्रथम विद्यार्थीलाई ल्यापटप,साईकल र प्रमाणपत्र र दोस्रो देखि पाचौं सम्मका बिद्यार्थीलाई नगद २५ हजार रुपैयाँ सहित साईकल र प्रमाणपत्र वितरण गरिएको थियोे ।
उक्त कार्यक्रममा गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रममा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष किरणदेवी साह,बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्का,नेपाल विधुत प्राधिकरण कार्यालय वीरगंजका प्रमुख अवधेश कुमार दुबे,रास्ट्रिय अनुसन्धान उप– निर्देशक बाराका प्रमुख दिपक खड्का,शिक्षा शाखाका प्रमुख सन्तोष साह रौनियार,कार्यपालिका सदस्यहरु,वार्ड अध्यक्षहरु,वडा सदस्य,सामुदायिक तथा संस्थागतका सञ्चालक,प्रधानाध्यापक,समाजसेवी,शिक्षाप्रेमी,शिक्षक तथा विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंहले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन प्रेमचन्द्र प्रसाद जयसवालले गरेका थिए।


