वीरगञ्ज : पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल बनाउन माँग गर्दै शुरु भएको धर्ना सोमबार दोस्रो दिन पनि जारी रहेको छ।
अस्पताललाई प्रादेशिक अस्पताल बनाउन माँग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीले आईतबारदेखि धर्ना दिन शुरु भएको छ। पार्टीका केन्द्रिय सदस्य नेजामुदिन समानीको नेतृत्वमा अस्पताल परिसरमा धर्ना दिइएको र अनिश्चितकालको लागि दिइएको समानीले बताए। दिउँसो एक बजेदेखि तीन बजेसम्म धर्ना दिइएको थियो ।
पोखरिया अस्पतालमा सहज उपचार सेवा तथा अस्पतालमा चिकित्सकदेखि औषधी लगायतको ब्यावस्थाको बारेमा बिगत लामो समयदेखि सो पार्टीले माँग गर्दै आएको छ। कुनै सु्नुवाई नभएपछि दबाब स्वरुप अस्पताल परिसरमै धर्ना दिइएको समानीले साझेदारी दैनिकलाई बताए।
अस्पताल भवनको निर्माण,अस्पताललाई कर्मचारी भर्ती केन्द्र हुनबाट रोक्नको लागि धर्ना शुरु गरिएको उनको भनाई छ ।पोखरिया अस्पतालमा पर्साको ग्रामीण भेगका बिरामीहरु पुग्ने गरेका छन।
अस्पतालमा भौतिक संरचनासँगै चिकित्सक,औषधिको कमि लगायतका समस्याहरुका कारण बिरामीले उचित उपचार नपाउने गरेको स्थानीयहरुको गुनासो रहेको छ। पोखरिया असपतालमा पोखरिया नगरपालिका,धोबिन गाउँपालिका,ठोरी,पकहा मैनपुर,कालिकामाई गाउँपालिका लगायतका स्थानहरुबाट बढी बिरामीहरु पुग्ने गरेका छन ।
अस्पतालमा उपचार अभावका कारण उनीहरुलाई सदरमुकाम वीरगञ्जका तथा भारत बिहारका अस्पताल तथा क्लिनिकहरुमा जानुपर्ने बाध्यता रही आएको छ। पर्साको दोस्रो सदरमुकामको रुपमा पोखरियालाई चिनिएको भएपनि त्यहाँ रहेको अस्पताललाई हालसम्म ब्यवस्थित बनाउन सकिएको छैन।
जस्का कारणले बेलाबेलामा नेता कार्यकर्ताहरुले आन्दोलन नै गर्नु परेको अवस्था रहेको छ ।अर्कोतर्फ नगरपालिकाले समेत अस्पतालको बिकासको बारेमा हालसम्म कुनै ठोस कदम चाल्न सकेको छैन ।

