फुड बैँक सिमरालाई सेन्ट्रल फाईनान्सको खाद्यान्न सामग्री सहयोग

साझेदारी दैनिक
623 पाठक संख्या

रञ्जन यादब/
फुड बैँक सिमरालाई सेन्ट्रल फाईनान्स सिमरा शाखाले खाद्यान्न सामग्री सहयोग गरेको छ । फाईनान्सका शाखा प्रमुख कृष्ण कुमार झाले फुड बैँक सिमराका संयोजक सुशिल ढकाललाई शुक्रवा एक कार्यक्रमवीच खाद्यान्न सामग्री हस्तान्तरण गरेका छन ।

सेन्ट्रल फाईनान्सले सामाजिक उत्तर दायित्व अन्तरगत रु २५ हजार २ सय ४० रुपैया मुल्य बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको हो । सो रकम वरावरको २५ किलोको कतरनी चामल १० बोरा, सोयाबिनको तेल दुई कार्टुन, एक सय प्याकेट भएको एक बोरा नुन, दुई कार्टुन चाउचाउ र पाँच कार्टुन पानी रहेको छ।

फुड बैँकलाई प्राप्त सामान लकडाउन तथा कोरोना प्रभाबित, गरिब, असाहय, बिपन्न लगायतको परिवारलाई बितरण गरिने फुड बैक सिमराका संयोजक ढकालले बताएका छन ।

खाद्यान्न हस्तान्तरण कार्यक्रममा सिमरा कलेजका प्रमुख सालिकराम अधिकारी ,फुड बैँक सिमराका मनिस प्याकुरेल, श्रीराम रेग्मी, राम कुमार भटराई, राजकुमार न्यौपाने, कृष्ण अधिकारी प्रकास ढुंगाना, शुसिल पराजुली, सबिन साह, रबिन्द्र खकुरेल, राज कुमार लामा, बसन्त ढकाल, धनन्जय थोकर, दिपक राज घिमिरे लगायतको उपस्थित रहेको थियोे ।

Leave a review

This will close in 0 seconds