रबिन्द्र प्रसाद साह/
योजना अलपत्र छाड्ने ठेकेदार कम्पनीलाई कारवाही गर्न बाराका एक वडा अध्यक्षले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन ।
जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जटाशंकर सहनीले जिल्ला प्रशासन कार्यालय बारामा मंगलवार ज्ञापनपत्र दिएका हुन ।
केन्द्रिय सरकारको सहरी विकास योजना अन्तर्गत उक्त कलैया उपमहानगरपालिका वडा नम्बर ४ को टेंङ्गरहर पुलदेखि मालपोत हुँदै गुप्ता प्रेट्रोल पम्पसम्मको मुख्य सडक तथा नाला निर्माण गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीले अलपत्र छाडेको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई भेटेर ठेकेदारलाई झिकाई काम सम्पन्न गराई दिनु हुन वडा अध्यक्ष सहनीको नेतृत्वमा सम्पूर्ण वडा सदस्य लगायतको टोलीले ज्ञापनपत्र बुझाइएको हो ।
प्रमुख जिल्ला अधिकारी पण्डितले हाम्रो सामुन्नेमा नै ठेकेदारलाई फोन गरी छिटो जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन आदेश समेत दिनुभएको वडा अध्यक्ष सहनीले साझेदारीलाई बताएका छन थिए।
उक्त ज्ञापनपत्र बुझाउन वडा अध्यक्ष सहनीको नेतृत्वमा वडा सदस्यहरु शम्भु गुप्ता, उमेश साह , चन्द्रकान्ता कुमारी, मन्तुर देवी राम लगायतको उपस्थिति रहेको थियो ।