Sajhedari Daily
Latest News from Nepal

निजगढमा कोरोना संक्रमितको संख्या शुन्य

Top Aside Banner

नवराज चौलागाईं,/
जिल्लाको १६ वटा स्थानीय तहमध्ये यतिखेर निजगढ नगरपालिकामा कोरोना संक्रमित शुन्य भएको छ ।
निजगढ नगरपालिकाको अईसोलेसनबाट मंगलबार चार जना कोरोना संक्रमित डिस्चार्ज भएसंगै निजगढमा कोरोना संक्रमितको संख्या शुन्य भएको हो ।

गत असोज ४ गते संकलन गरिएको स्वाब परिक्षणमा अईसोलेसनमा रहेका ४ जना सहित ३१ जनाको नतिजा मंगलबार नै नेगेटिभ आएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताएका छन ।

नगरपालिकाले कोरोना नियन्त्रण र रोकथामकालागि लागु गरेको नियम र व्यस्थापन सफल भएका कारण निजगढमा अहिलेसम्म कोरोना नियन्त्रणको अवस्थामा रहेको नगरपालिकाका मेयर सुरेश कुमार खनालले बताए ।

निजगढ नगरपालिकामा कुल ४७ जना कोरोनाबाट संक्रमित भएकाथिए भने २ जना कोरोना संक्रमितको मृत्यु भएकोथियो । मेयर खनालले नगरपालिकाले जारि गरेको नियम पालनामा सम्पूर्ण नगरवासी र व्यवसायीहरुको सहयोगको कारण नगरमा कोरोना नियन्त्रणको अवस्थामा रहेको भन्दै आभार समेत व्यक्त गर्नुभएकोछ ।