पचरौतामा एक दिने बाली उपचार शिविर सम्पन्न

साझेदारी दैनिक
311 पाठक संख्या

नूर आलम बादशाह/

बाराको पचरौता नगरपालिका कृषि विकास शाखाले आयोजना गरेको एक दिने बाली उपचार शिविर सम्पन्न भएको छ ।

तरकारी,फलफूल तथा नगदे बालीहरुमा देखा परेका रोग,किराको पहिचान गरी त्यसको नियन्त्रण तथा उपचार विधिबारे कृषकहरुलाई जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रम पचरौता नगरपालिका वडा नं ७ को कार्यालयमा बिहिबार सम्पन्न भएको हो ।

उक्त शिविरमा कृषकहरूबाट विभिन्न बाली भन्टा,खुर्सानी, बन्दा,गोलभेंडा,काँक्रो,करेला,घिरौला,धान,फर्सी गरी जम्मा ७० वटा नमुना प्राप्त भएको थियो।

प्राप्त नमुनाबाट बालीमा बिभिन्न प्रकारका किराहरुको प्रकोपको रूपमा देखिएको शाखाले जनाएको छ। शिविरमा नगरभित्रका ६४ जना कृषकहरुको सहभागिता रहेको थियो ।

साथै शिविरमा बालीमा देखिएका समस्याहरूको बारेमा कृषकहरूलाई कृषि ज्ञान केन्द्र कलैयाका बाली संरक्षण अधिकृत समसुल हक मियाँ दर्जीबाट सल्लाह दिनुको साथै विषादी समेत वितरण गरिएको थियो ।

उक्त शिविरमा प्रमुख अतिथि नगर प्रमुख जलन्धर सिंह,बिशिष्ट अतिथि नगर उप प्रमुख नसीमा खातून,७ नं वडा अध्यक्ष बनारसी बिन,कृषि शाखा प्रमुख हिरामुनी शर्मा,सरोज पटेल,बिनोद पटेल,राजीव पटेल लगायतको सहभागिता रहेको थियो ।

Leave a review