एक बिगाहामा लगाइएको गाँजा फडानी गरी पर्सा प्रहरीद्वारा नष्ट

साझेदारी दैनिक
271 पाठक संख्या

वीरगञ्ज : एक बिगाहा क्षेत्रफलमा लगाइएको अबैध गाँजा खेती पर्सा प्रहरीले नष्ट गरेको छ।

पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ फरगटीमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको हो।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले जँगल नजिकै उक्त स्थानमा लगाइएको सात सय बिरुवा रहेको गाँजा खेती फडानी गरी नष्ट गरेको हो ।

Leave a review