नेपाली काँग्रेसले संविधान दिवस मनाइने

साझेदारी दैनिक
88 पाठक संख्या

कलैया : नेपाली कांग्रेस बाराले शुक्रबार संविधान दिवस पार्टी कार्यालय बारामा मनाउने भएको छ।

नेपाली कांग्रेस बाराका कार्यालय सचिव अम्बिका यादवले एक विज्ञप्ति मार्फत बिहीबार यसबारे जानकारी दिएका हुन्। पार्टी कार्यालय वी.पी. स्मृति भवन, कलैयामा “संविधान दिवस मनाउने“ शुक्रबार कार्यक्रम भएको सो सूचनामा उल्लेख रहेको छ।

उक्त कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु, आमन्त्रित सदस्यहरु, प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रीय सभापतिहरु, पालिका सभापतिहरु, यस जिल्लाबाट केन्द्र तथा मधेश प्रदेशमा रहनुभएका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, भातृ तथा शुभेच्छुक संघ, संस्थाका अध्यक्ष तथा सदस्यहरु लगायत नेपाली काँग्रेसका नेता–कार्यकर्ता तथा शुभेच्छुक सबैलाई आदेशानुसार अनिवार्य उपस्थितिको लागि यादवले अनुरोध गरेका छन्।

Leave a review

This will close in 0 seconds