सर्लाही : बन्धक बनाएको सूचना प्राप्त भएको एक जनालाई चार घण्टा भित्र नै मुक्त गराइएको छ।
सर्लाहीको बागमति नगरपालिका वडा नं. १० बस्ने शेख उजैरको छोरा अ. बर्ष १८ को शेख जैयस भारत तर्फ घुमफिरको लागि गएको बेला बन्धब बनाइएका थिए।
उनलाई कार्तिक ७ गते भारत,बिहार राज्य,जिल्ला सितामढी,सोनबर्षा थाना हनुमान मन्दिरबाट दुई जना व्यक्तिले केही कुरा बुझ्नु पर्नेछ भनि मोटरसाइकलमा बसाई लगि बन्धक बनाएको प्रहरीले जनाएको छ ।
बन्धककै मोबाईलबाट नेपाल स्थित निजको आफन्तलाई फोन गरि फिरौती वापत भारतीय रु.१२ लाख मागेका थिए। निजका आफन्तबाट जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सुचना प्राप्त हुना साथ प्रहरी सकृय भएका थिए।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट महिला,बालबालिका तथा ज्येष्ठ नागरिक सेवा सर्लाहीका प्रहरी नायब निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतीय सुरक्षाकर्मी (सितामढि र सोनबर्षा प्रहरी) सँग समन्वय गरी भारत,बिहार राज्य,जिल्ला सितामढी,सोनबर्षा थाना बसतपुरस्थित भारतीय नागरिक मनिष कुमार रायको घरमा गएको हो। बन्धक बनाएर राखेको अवस्थामा फेला पारी मुक्त गराई आफन्तलाई जिम्मा लगाएको जनाइएको छ।
बन्धक बनाउने मनिष रायलाई सोनबर्षा थानाबाट मुद्दा दर्ता भई भारतीय प्रहरीद्वारा थप अनुसन्धान कार्य भईरहेको सूचना प्राप्त भएको यादवले जनाएका छन्।

