तीन सय जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

संदिप प्रसाद यादव
379 पाठक संख्या

कलैया : कलैया सिटी जेसिजले जेसिज सप्ताहको अवसरमा तीन जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय र सोना विश्वनाथ आधारभूत विद्यालय मझौलियाका तीन सय जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै सोमबार जेसिज सप्ताह समुदघाटन गरेको होे ।

कलैया सिटी जेसिज २०२४ का अध्यक्ष जेसी पवन कुशवाहाको अध्यक्षतामा भएको कलैया उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष शेषनाथ साहको प्रमुख आतिथ्यतामा उक्त शैक्षिक सामाग्रीहरु वितरण गरिएको जेसिजले जनाएको छ ।

कार्यक्रममा नेपाल राष्ट्रिय आधारभूत बिधालयका प्रधानाध्यापक जोखन लाल सहनी,कलैया उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजेश महतो,कलैया सिटी जेसिज २०२० का अध्यक्ष विपिन चौधरी, २०२४ का कार्य कारणी उपाध्यक्ष गणेश शर्मा,सिए प्रदिप कुशवाहा,शेषनाथ पासवान,जेसिजका पदाधिकारीहरु,मनकामना स्कुलका प्रधानाध्यापक रामबाबु कुशवाहा,सुरेश राम,प्रमानन्द साह,महालक्ष्मी विकास बैंक कलैया शाखाका प्रमुख अरुण यादव,विधार्थी,सञ्चारकर्मी लगायतको उपस्तिथि रहेको थियो ।

सो कार्यक्रमको संचालन कलैया सिटी जेसिज २०२४ का महासचिव विजय गिरी (राजकुमार)ले गरेका थिए ।

Leave a review