वीरगञ्ज : ठोरी गाउँपालिका–१ भगवाननगर स्थित वृद्धवृद्धा आश्रममा उपकार सेवा नेपालले उपभोग्य सामाग्रीहरु प्रदान गरेको छ।
संस्थाले खानेकुरा लगायतका सामाग्रीहरु प्रदान गरेको हो। संस्थाले चामल,दाल मसाला,बिस्कुट,चाउचाउ नून खानेतेल,शरफ,फिनायल,हार्पिक,कपडा धुने नुहाउने साबुन,सैनेट्रीपैड,डाईफर,चिउरा लगायत दैनिक उपभोग्य सामाग्रीहरु आश्रमलाई प्रदान गरेको हो।
आश्रमको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले सो सामान प्रदान गरेकी हुन् ।
सरावगीले आश्रमका सदस्य रामबहादुर थिङ्गलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए।


