जीतपुरसिमरा गोल्डकपको १४ औं संस्कर चैत्र २४ देखि

साझेदारी दैनिक
384 पाठक संख्या

बहुप्रतिक्षित र यस भेगकै प्रतिष्ठित जगदम्बा स्टिल जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करण आगामी चैत्र २४ देखि शुरु हुने आइतबार जनाइएको छ ।

बाराको  सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक नव जन जागृति युवा क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो ।

सिमरा रङ्गशालाको फ्लड लाइटमा सो प्रतियोगिता आगामी वैशाख ३ गते सम्म सञ्चालन हुने छ । प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन चर्च ब्वाईज युनाईटेड सहित  त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, फ्रेण्ड्स क्लब र मच्छिन्द्र क्लब गरी ‘ए’ डिभीजनका पाँच टिम सहभागि हुनेछन् ।

सशस्त्र प्रहरीको विभागीय क्लब एपिएफ, मकवानपुर ११ हेटौंडा, वीरगञ्ज युनाईटेड क्लब बीरगञ्ज,सिराहाको सहलेश युवा क्लब र आयोजक नव जनजागृती युवा क्लब सहित १० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले पाँचलाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् ।

विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान २५ हजार तथा स्थानीय उदयमान खेलाडीले १५ हजार रुपैयाँप्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफदिम्याचले रु. १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष लामाले जानकारी दिए ।

रात्रीकालीन फुटबलमा दर्शकको आकर्षण बढाउन गतबर्षबाट फुड फेस्टिभल समेत शुरु गरेको थियो । यस वर्ष पनि आयोजकले यस बर्ष पनि होटल तथा पर्यटन व्यवसायी संघ बारासंगको सहकार्यमा फुटलब संगै फुड फेस्टिभललाई निरन्तरता दिने जनाएको छ ।

जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुकालागि आरक्षण सिट सहित निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

Leave a review

This will close in 0 seconds