नेपाल मजदुर किसान पार्टी बाराले बिक्रम संवत २०४५ साल भदौ ९ गतेका दिन ६७ जना नेता तथा हजारौं कार्यकर्तालाई तत्कालिन सरकारले पक्राउ गरेको बिरोधमा आइतबार कालो दिवस मनाएको छ ।
भदौ ९ गतेका दिनलाई देश भरी यो पार्टीले कालो दिवस मनाउदै आएकोे छ । कलैया स्थित पार्टी कार्यालयमा नेमकिपा बाराले एक कार्यक्रमको आयोजना गरेको हो ।
नेमकिपा बाराका अध्यक्ष मुक्ति यादवको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कार्यक्रममा रबिन्द्र यादव,रामएकबाल राउत लगायतकाले मन्तब्य ब्यक्त गर्दै कालो दिवसको निरन्तरताको बारेमा जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा सञ्चालन लक्ष्मी यादवको थियो ।

