Sajhedari Daily
Latest News from Nepal

सिम्रौनगढमा जमिन मुनिबाट बिष्णु भगवानको मुुर्ति फेला

रञ्जन यादब/
बाराको सिम्रौनगढ नगरपालिका वडा नं.४ हरिहरपुुर स्थित जमिन मुुनिबाट बिष्णुु भगवानको मुुर्ति फेला परेको छ । स्थानीय ५० बर्षिय किशुुन सुुन्दर महत्तोको खेत जेसिबिले खन्ने क्रममा १० फिट मुुनिबाट बिष्णुु भगवानको मुुर्ति फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक सुुरेन्द्र यादबले जानकारी दिनुुभयो ।

बरामद कालो रङ्गको ढुुङ्गाको मुुर्तिको लम्बाई साँत फिट र चौडाई ४ फिट रहेको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरिक्षक दिपक सुुबेदी र प्रहरी चौँकी अमृतगंज ,खजानीबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले बरामद मुुर्तिलाई स्थानीयको सहयोग सोही ठाउँ स्थित महादेव मन्दिरमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जमिन मुुुनिबाट बिष्णुु भगवानको मुुर्ति बरामद हुुँदा चारैतिर खैलाबैला मच्चिएको थियो ।